
भवनकौ चौथो तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा बिहान करिब पौने १० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकल तथा प्रहरी र स्थानीय खटिएका थिए ।
आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्रका तीन तथा ललितपुर महानगर, भक्तपुर नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको एकरएक गरी सातवटा दमकलको प्रयोग भएको थियो ।
थोरै समयमै आगो नियन्त्रणमा आएकाले अन्य ठूलो क्षति हुनबाट जोगिएका प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्