
प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बालुवाटारमा त्रिपक्षीय वार्ता भएको छ ।
वार्तामा सरकारमा सहभागिताका विषयमा छलफल भएपनि कुनै सहमति भने जुट्न सकेन ।
छलफलमा प्रधानमन्त्री ओलीले सोमबार (आज) हुने मन्त्रिपरिषद विस्तारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुन अध्यक्ष यादवलाई आग्रह गरेका थिए ।
वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले फोरम अध्यक्ष यादवलाई आपसी सहमति कायम गरी संविधान संशोधन गर्नसकिने आश्वासनसमेत दिएका थिए ।
तर, अध्यक्ष यादवले भने संविधान संशोधनलगायत राजनीतिक विषयमा सहमति नजुट्दासम्म आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको बताएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्