Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


‘काठमाडौंमा भारतीय रेल आउनुपर्छ’


0
Shares

रिपोर्टर्स् क्लबले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)का भारतका संयोजक कोस्यारीले भने–‘प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि हो ।’

उनले संविधानअनुसार निर्वाचनमार्फत् सरकार गठन भएकोप्रति खुसी व्यक्त गरे ।

नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै उनले भने–‘भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनीजस्तै हो ।’

कोस्यारीले भर्खरै गठन भएको सरकारसँग जनताको उच्च अपेक्षा रहेकाले जनआकांक्षा पूरा हुने विश्वास व्यक्त गरे ।

उनले दुई देशमा हुने साइबर अपराध एवं अन्य सुरक्षा चासो र विकासका मुद्दालाई एकापसमा मिलेर समाधान गर्न चाहेको बताए ।

कोस्यारीले आफ्नो नेपाल भ्रमणकाक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा दुवै देशको आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको जानकारी दिए । रासस