
सामुदायिक प्रहरी केन्द्र, महिला तथा बालबालिका सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाराले महिलालाई सचेत गराउने उद्देश्यले कलैयामा कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल सरकारले नेपाली महिलाहरुलाई इराकमा घरेलु कामदारकोरुपमा काम गर्न रोक लगाएका कुरा प्रभावकारी होस् भन्ने उद्देश्यले सर्वपक्षीय उपस्थितिमा कार्यक्रम गरिएको हो ।
सरकारमात्रको पहलमा यो कार्य नरोकिने हुँदा सबैको प्रयास आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।
पछिल्लो समय इराकलगायतका मुलुकहरुमा नेपाली महिला कामदारको दयनीय अवस्था सन्चारमाध्यमहरुमा आउन थालेपछि प्रहरी सक्रिय भएको हो ।
प्रतिक्रिया दिनुहोस्