
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् ।
उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा १४३, आव २०७१/७२ मा १३३, आव २०७२/७३ मा १६६ र आव २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउँछन् । ‘दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ,’ उनले भने ।
महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आवको ६ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्