२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अन्तरिम विधान बनाउन एमाले र माओवादी केन्द्रबीच बैठक बस्दै


0
Shares

काठमाडौं, फागुन १५ । नेकपा एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउने कार्यतालिका निर्माण गर्ने बताइएको छ ।

फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउन लागिएको कार्यदलका सदस्यहरुले जनाएका छन् ।

यसअघिको बैठकमा दुवै दलले आ–आफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए ।

पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ । त्यस्तै भ्रातृ संगठनहरुको एकीकरणको विधिसमेत यही कार्यदलले तय गर्नेछ ।

कार्यदलको संयोजक माओवादी नेता रामबहादुर थापा हुनुहुन्छ भने अन्य सदस्यहरुमा गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।

त्यसैगरी एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल सदस्य रहेका छन् ।