२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘उपेन्द्र यादवसहितको मन्त्रिपरिषद’


0
Shares

आगामी आइतबारसम्म संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको मन्त्रिपरिषद विस्तार हुने उनको भनाइ छ ।

‘हाम्रो चाहना भनेको अत्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ । त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेका हौं’–मंगलबार रिपोर्टर्स् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘तर, उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन । उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं ।’

उनले सरकारले पूर्णता पाउनेमा अब विलम्ब नहुने दाबी गरे ।

‘अब ढिलाइ हुँदैन, किनकि बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ’–उनले भने ।

यस्तै, उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुंगो लागिनसकेको बताए ।

उनले भने–‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटीमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुंगो लाग्न बाँकी छ ।’

उपाध्यक्ष रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो हप्ताभित्रै एकता घोषणा गर्ने तयारी रहेको बताए ।

उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए ।