मार्टिनको ह्याट्रिकमा थ्रीस्टार सेमिफाइनलमा • Image Khabar Image Khabar


मार्टिनको ह्याट्रिकमा थ्रीस्टार सेमिफाइनलमा


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार १९:१४

मार्टिनको ह्याट्रिकमा थ्रीस्टार सेमिफाइनलमा

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी)लाई ३–१ ले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

थ्रीस्टारलाई जिताउनेक्रममा विदेशी खेलाडी मार्टिनले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । उनले खेलको २७औं, ३९औं र अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

मार्टिनको ह्याट्रिक प्रतियोगिताकै पहिलो ह्याट्रिकसमेत हो । उनी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

खेलमा घरेलु टोली नारायणगढले सुरुआती अग्रता लिएको थियो । १५औं मिनेटमा राजेश परियारले गोल गर्दै नारायणगढलाई अग्रता दिलाएका थिए । तर, त्यसलाई उल्टाउँदै थ्रीस्टार माथि उक्लियो ।

प्रतियोगिताअन्तर्गत् बुधबार हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्