पूर्वराजदम्पत्ती झापा जाने तयारीमा • Image Khabar Image Khabar


पूर्वराजदम्पत्ती झापा जाने तयारीमा


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार १०:०६

पूर्वराजदम्पत्ती झापा जाने तयारीमा

आगामी साता पूर्वराजदम्पत्ती केही दिनका लागि झापा जाने भएका हुन् । पूर्वराजाका सहयोगी डा. फणिराज पाठकका अनुसार अर्को हप्ताका लागि भ्रमण तय भएको जनाए ।

पूर्वराजदम्पत्ती नीजि भ्रमणको सिलसिलामा झापा जाने बताइएको छ । तर, भ्रमणको मिति भने तोकिएको छैन ।

स्रोतका अनुसार उनी फागुन २० गते झापा जाने तयारी भएको छ । उनले पूर्वी नेपालमा रहेका शुभचिन्तक तथा समर्थकसँग छलफल गर्ने स्रोत बताउँछ ।

पूर्वराजा यसअघि मध्य तथा सुदुरपश्चिममा समेत तीन साता बसेका थिए । त्यसक्रममा उनी भारतको लखनउ पुगेर उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेट गरेका थिए ।

हालै उनी दक्षिण भारतको धार्मिक भ्रमण सकेर नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्