पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतमा भने– नेपाल मगन्ते देश हो • Image Khabar Image Khabar


पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतमा भने– नेपाल मगन्ते देश हो


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार ११:४५

पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतमा भने– नेपाल मगन्ते देश हो

भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन गएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ रहेको बताएका हुन् । ‘दैनिक जागरण’ले बुृधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ ।

पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतमा भने– नेपाल मगन्ते देश हो

‘चीन से डरनेकी जरुरत नहीं’ (चीनसँग डराउन जरुरी छैन) शीर्षक समाचारमा सो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ ।

पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको सवालमा पूर्वउपराष्ट्रपति झाले दिएको जवाफ उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘यो भ्रम सिर्जना गर्ने सोच हो । यसमा कुनै सत्यता छैन ।’

सो अखबारकाअनुसार पूर्वउपराष्ट्रपति झाले भने, ‘कुनै पनि देश आफ्नो विकास चाहन्छ । नेपाल पनि विकास गर्न चाहन्छ । यसमा जुन देशले आफूलाई जति मद्दत गर्छ, उसलाई स्वीकार गर्नबाट कहिल्यै हिच्किचाउँदैन । किनकि नेपाल एक मगन्ते अर्थात् माग्नेवाला राष्ट्र हो । जुन देश जति दिन्छ, उसका प्रति उति नै आकर्षण हुनु स्वाभाविक हो ।’

प्रतिक्रिया दिनुहोस्