
बुधबार धनगढीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आचारसंहितामा मन्त्रिपरिषदका सदस्यहरुको नैतिकता, आचारण, नजिकका आफन्तहरुसँगको दूरीलगायत रहेका छन् ।
यस्तै, बैठकले मन्त्रिपरिषदअन्तर्गत् ‘मिनि क्याबिनेट’कारुपमा रहनेगरी तीनओटा समितिसमेत गठन गरेको छ ।
गठन गरिएको सामाजिक र पूर्वाधार समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह संयोजक, राजनीतिक समिति संयोजकमा सामाजिक विकासमन्त्री दीर्घ सोडारी र प्रशासन तथा विधेयक समितिको संयोजकमा भौतिक विकासमन्त्री पठानसिंह बोहरा रहेको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।
बैठकले प्रदेश सरकारका विषयगत कार्यालयले योजना बनाएर काम गर्ने, प्रदेशका मन्त्रालयका भवन अनुगमन, प्रदेश सरकारका कर्मचारीहरुसँगको समन्वय, फोहर व्यवस्थापन, सवारी–साधनको व्यवस्थापन र स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने निर्णयसमेत गरेको प्रदेश–७ सरकारका प्रवक्ता शाहले बताए ।
प्रतिक्रिया दिनुहोस्