
पर्वत सदरमुकाम कुश्मामा बुधबारदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको उद्घाटन गर्दै उनले वि.सं. २०१५ सालपछि पहिलोपटक दुईतिहाइ बहुमतप्राप्त सरकार बन्न लागेको बताए ।
कम्युनिष्टहरुले दुईतिहाइ बराबरको जनमत पाएको भन्दै अध्यक्ष दाहालले संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी भएपछि पाँच वर्ष सरकार ढुक्कसँग चल्ने बताए ।
सरकारलाई पूर्णता दिएर समृद्धि, स्थायित्व र समाजवादतर्फ मुलुकलाई लैजान ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्