
मुख्यमन्त्री पौडेलले मुख्यमन्त्रीको शपथ लिएको दुई हप्तापछि मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
पौडेलले नेकपा एमालेका तर्फबाट तीन मन्त्री र माओवादी केन्द्रबाट एक मन्त्री थप गरेका छन् ।
मन्त्री हुनेहरुमा एमालेबाट अरुण नेपाल–उद्योग, पर्यटन, वन तथा वातावरण, कैलाश ढुंगेल–आर्थिक मामिला तथा योजना मन्त्रालय, दावा दोर्जे लामा–भूमि व्यवस्था, कृषि तथा सहकारी र माओवादी केन्द्रबाट युवराज दुलालले सामाजिक विकास मन्त्रलयको जिम्मेवारी पाएका छन् ।
योसँगै प्रदेश नम्बर–३ को मन्त्रिपरिषद सात सदस्यीय भएको छ ।
यसअघि, पहिलोपटक मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिलामन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधारमन्त्रीमा एमालेका केशव स्थापितले शपथ लिएका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई बुधबारै प्रदेशप्रमुख अनुराधा कोइरालाले एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथग्रहण गराइन् ।
शपथ कार्याक्रम ३ नम्बर प्रदेशको हेटौंडास्थित प्रमुखको कार्यालयमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्