१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


नेप्से १८ अंकले ओर्लियो


0
Shares

मंगलबार ६ अंकले बढेको सेयरबजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले झर्‍यो ।

यसदिन नेप्से १८ अंकले ओर्लिएर १३ सय ४५ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो ।

बिमा समूह सबैभन्दा उच्च १५१ अंकको घट्यो । जलविद्युत् समूह २८ अंकले, लघुवित्त समूह २२ अंकले र विकास बैंक समूहमा पनि १८ अंकको कमी आयो ।

कारोबार परिमाण भने यसदिन पनि औसत नै रह्यो । १६० कम्पनीका १३ लाख ३७ हजार कित्ता सेयर ५४ करोड ३४ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।