बुधबार सुन–चाँदीको मूल्यमा गिरावट • Image Khabar Image Khabar


बुधबार सुन–चाँदीको मूल्यमा गिरावट


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार २०:३७

बुधबार सुन–चाँदीको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको ५७ हजार ८०० मा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय २१ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्