
काठमाडौँ । अमेरिकामा बस्दै आएका गायक बिधान कालिकोटेको स्वर रहेको गीत ‘जानी नजानी’को भिडियो सार्वजनिक भएको छ ।
करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालिकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायक राजेन्द्र गौतमका शब्द सृजना समावेश छन् । तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय रहेको छ ।
भिडियोमा श्रृषालाई नायक तथा मोडल बिनोद न्यौपानेले अभिनयमा साथ दिएका छन् ।
हल्का हल्का उदाउँछ जुन वारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा काम गरेकी मोडल तथा गायिका शृषाले फिल्ममा अभिनय गर्न थालिरहेका बेला उनको कामको चौतर्फी तारिफ सुरु भएको छ ।
मोडलिङ र गायनको यात्रालाई सँगसँगै लैजान सफल शृषा अहिले आएर चलचित्रमा पनि अभिनय गर्दैछिन् ।
हाल पोखरामा छायांकन भइरहेको फिल्ममा शृषाले दयाहाङ राई लगायतका चर्चित कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् ।
उनै शृषाले अभिनय गरेको त्यो पारी पाखामा बोलको गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा पाइरहेको छ ।
संगीतकार तुला स्वयमको निर्देशन रहेको भिडियोमा निसान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन तथा बिक्रम गौतमको शृगार रहेको छ ।
भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो भने भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्