Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सभापतिको इच्छा रहेसम्म दलको नेतामा अरुको दावी उपयुक्त हुँदैन : नेता प्रधान


0
Shares

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले पार्टी सभापतिको इच्छा रहेसम्म संसदीय दलको नेतामा अरुको दावी उपयुक्त नहुने बताएका छन् ।

पार्टी सभापतिले चाहेसम्म कसैले दलको नेता हात पार्न नसक्ने भन्दै पूर्व रक्षामन्त्री समेत रहेका नेता प्रधानले पार्टी सभापतीको इच्छा रहेसम्म दलको नेता उनकै स्वभाविक हुने बताएका हुन् ।

प्रधानले भने, ‘सभापतीले नै मेरो इच्छा छैन भन्नूभयो भने स्वभाविक हुन्छ, त्यो समय सापेक्ष पनि हुन सक्छ, यो पार्टीको आन्तरिक चुनाव पनि हो, यसलाइ सबैले स्वभाविक लिनु पर्छ ।’

आगामी २१ गते हुने कांग्रेस संसदिय दलको चुनावका लागि सभापती देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले दावी गर्दै आएका छन ।

बुधबार वर्तमान महामन्त्री डा शशांक कोइरालाको निवासमा भएको लन्च मिटिङ्गमा नै देउवाले आफ्नो उमेदवारी घोषणा गरिसकेका छन ।

सिटौला समुहका तीन सांसद मध्ये प्रधानसहित अर्का सांसद उमाकान्त चौधरीले पनि दलको नेतामा देउवालार्इ नै रोज्ने सम्भावना छ ।

तर अर्का प्रभावशाली मानिने गगन थापा भने कसलार्इ समर्थन गर्ने भन्नेमा खुली सकेका छैनन । तर उनी नेतृत्व परिवर्तनको पक्षमा भने बोल्दै आएका छन् ।