१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मन्त्रालयको संख्या घटाए पनि सरकारी निर्णय अझै कार्यान्वयनमा आएन


0
Shares

अहिले पनि सिंहदरबार यसअघि भएका मन्त्रालयहरु नै यथावत् छन् । सबै मन्त्रालयमा पुरानै बोर्ड टाँगिएको छ भने काम पनि पुरानै विभागीय ढंगबाट भइरहेको छ ।

मन्त्रालयमा मन्त्रिपरिषद्को परिपत्र नआएका कारण मन्त्रालय घटाउने प्रक्रिया अघि नबढेको बताइएको छ ।

मन्त्रालय घटाएसँगैै सचिवदेखि त्यहाँ कार्यरत कर्मचारीको समेत व्यवस्थापन टुंगो नलागेका कारण मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा आउन नसकेको हो ।

सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेलले मन्त्रालय घटाउने निर्णय कार्यन्वयन हुने चरणमा गएको बताए ।

मन्त्रिपरिषद्को कार्यालयले बुधबार मात्रै मन्त्रालय घटाउने निर्णय सम्बन्धित मन्त्रालयमा पठाएकाले भोलिदेखि मन्त्रालय मर्ज हुने क्रम शुरु हुने बताइएको छ ।