Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


६ वर्षभित्रमा मुलुकको गरिबी आधा घटाउने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता


0
Shares

बिहीबार राजधानी मस्कोमा वार्षिक सम्बोधनकाक्रममा उनले देशमा रोजगारी बढाउन र जनताको औसत आयु बढाउन खोजेको उल्लेख गरे ।

रुसमा सन् २००० मा गरिबीको रेखामुनि रहेको जनताको संख्या ४ करोड २० थियो भने अहिले घटेर २ करोड भएको छ ।

त्यहाँको राष्ट्रपति निर्वाचनअघिको पुटिनको यो अन्तिम वार्षिक सम्बोधन हो ।

रुसको अहिले शक्तिशाली आर्थिक र रक्षा शक्ति रहेपनि जनतालाई गुणात्मक जीवन र सेवा आवश्यक रहेको उनले उल्लेख गरे ।

आगामी १७ दिनभित्र हुने निर्वाचनमा उनले चौथो कार्याकालका लागि पनि जित्ने करिब निश्चित देखिएको छ ।

मार्च १८ मा हुने निर्वाचनमा सातजना प्रतिस्पर्धी भएपनि उनलाई कुनैपनि उम्मेदवारले कडा टक्कर दिन नसक्ने अवस्था रहेको जनाइएको छ ।

प्रमुख प्रतिस्पर्धी मानिएका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई भने निर्वाचनमा उठ्न रोक लगाइएको छ । उनले निर्वाचन बहिस्कार गर्न मतदातालाई आह्वान गरेका छन् । (एजेन्सी)