२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भ्रष्टाचार गर्ने कसैलाई नछाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता


0
Shares

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आज काठमाडौंमा शिलान्यास गर्दै उनले मुलुक अब आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । भ्रष्टाचार गर्ने जो कोहिलाई सरकारले नछाड्ने भन्दै उनले भ्रष्टाचार अन्त्य गर्नका लागि सहयोग गर्न सबैसँग अपिल गरे ।

बहुमत प्राप्त सरकारले जनतामुखी काम गर्ने भन्दै ओलीले जनताको काम तुरुन्त गर्न राष्ट्रसेवकहरुलाई निर्देशनसमेत दिए ।

अस्पताल सेवामुखी हुनुपर्ने भन्दै ओली बिरामीको सेवालाई पैसासँग नदाँज्न पनि आग्रह गरे ।

पहिले उपचार, त्यसपछि पैसा भन्दै ओलीले आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

२३ आना क्षेत्रफलमा निर्माण हुन लागेको मनमोहन कार्डियोथोरासिक भवन ३० करोड रुपैयाँको लागतमा बन्ने छ । भवन १९ महिनामा निर्माण भईसक्ने छ भने सुविधा सम्पन्न ४० वटा बेड थपिने अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।