२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्छन्, राष्ट्रका लागि गर्दैनन् : सिटौला


0
Shares

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले शुक्रबार नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विचार गोष्ठीमा उनले परिवर्तित समयसँगै कांग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताए ।

‘कांग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ’–उनले भने ।

नेता सिटौलाले कांग्रेसको निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको बताए । कांग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उनको भनाइ थियो ।

उनले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत लगाए ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा जाँदा कमजोर नतिजा ल्याएको बताए ।

नेता पौडेलले चारपटक प्रधानमन्त्री भएका कांग्रेसका सभापतिलाई ‘प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुपर्‍यो ?’ भनी प्रश्न गरे ।

‘कांग्रेस हराउन कांग्रेस तयार हुन्छ । तर, कांग्रेस जिताउन कांग्रेस किन तयार हुँदैन’–उनको प्रश्न थियो ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच कांग्रेसप्रति हिनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे कांग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

‘७० वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नुहुँदैन, नयाँलाई अवसर दिनुपर्छ’–उनले भने ।

प्रदेश सांसद जीवन डंगोल, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवं काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्याम तिवारीलगायतले इमान्दार कार्यकर्ताको हातमा पार्टी नपुगेसम्म कांग्रेसले पुनर्जीवन पाउन नसक्ने बताए । रासस