
काठमाडौंको प्रदर्शनीमार्गस्थित ब्लड बैंकको साढे दुई रोपनी जग्गामा भवन पुनःनिर्माण गरिनेछ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरे ।
भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको ब्लड बैंक अहिले ललितपुर, बालकुमारीबाट सन्चालन गरिएको छ ।
४० लाख अमेरिकी डलरको लागतमा निर्माण हुने भवन तीन वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्