
प्रेस सेन्टर नेपाल अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा उनले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताए ।
अध्यक्ष दाहालले अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रस्ट पारे ।
अध्यक्ष दाहालले अब दुई/तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए ।
स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले अब देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे ।
अध्यक्ष दाहालले जनयुद्धको आधार इलाका रामारोशनलाई युद्ध पर्यटन क्षेत्रकारूपमा विकास गरिने आश्वासन दिँदै यहाँका तालहरू र वरिपरिको प्राकृतिक स्रोतको संरक्षणमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्