Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


गृहमन्त्रीद्वारा तटस्थ र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्न प्रहरी बललाई निर्देशन


0
Shares

गृहमन्त्री थापाले हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयको शुक्रबार निरीक्षणपछि निर्देशन दिनेक्रममा सबैले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारीलाई अक्षरशः पूरा गर्नुपर्ने बताउँदै प्रहरी बललाई आवश्यक पर्ने स्रोत–साधनको उपलब्धताका लागि मन्त्रालयको प्रतिबद्धता जनाए ।

उनले देश र जनताको हितमा समर्पित रहँदै उत्कृष्ट कार्य गरी आफूलाई नमुनाकारुपमा प्रस्तुत् गर्न बललाई आग्रह गरे ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रहरी बलबाट भए–गरेका काम–कारबाही तथा संगठनले हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै आफ्नो संगठनलाई भरपर्दो केन्द्रीय सुरक्षा निकायकारुपमा अगाडि बढाइ हरपल चलायमान फौजकारुपमा विकास गर्न लागिपरेको उल्लेख गरे । रासस