प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूतको भेट • Image Khabar Image Khabar


प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूतको भेट


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार २०:५८

प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूतको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाइ पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल सुरु गर्न आग्रह गरे ।

राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।

राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरिन् ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्