६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


सशस्त्रलाई हराउँदै थ्रीस्टार शीर्ष स्थानमा


0
Shares

काठमाडौं, मंसिर १४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब शीर्ष स्थानमा पुगेको छ ।

शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टार शीर्ष स्थानमा पुगेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा भएको खेलमा थ्रीस्टारलाई जिताउन दुवै गोल रन्जन विष्टले गरे । विष्टले खेलको २५औं र ६६औं मिनेटमा गोल गरेका थिए ।

एनआरटीमाथि पुलिस हाबी

शुक्रबारै सातदोबाटोमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टिम (एनआरटी)लाई ३–० ले पराजित गर्‍यो ।

एकतर्फी खेलमा पुलिसलाई जिताउन निरकुमार राईले दुई तथा अभिषेक रिजालले एक गोल गरे ।

एनआरटी सबैभन्दा कमजोर

जारी लिगमा पाँच खेलबाट १२ अंकसहित थ्रीस्टार शीर्ष स्थानमा पुग्दा एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ ।

समान १० अंकबाट त्रिभुवन आर्मी, नेपाल पुलिस र हिमालयन शेर्पा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

जारी लिगमा एनआरटी सबैभन्दा कमजोर टिम बनेको छ । पाँच खेलबाट १ अंकसहित पुछारमा रहेको एनआरटीको गोलअन्तर ‘माइनस ११’ रहेको छ ।

१४ टोली सहभागी प्रतियोगितामा समान अंकसहित गोलअन्तर ‘माइनस ५’ रहेको फ्रेन्ड्स १३औं र गोलअन्तर ‘माइनस ४’ रहेको जावलाखेल युथ क्लब १२औं स्थानमा छन् ।