१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एमाले–माओवादी केन्द्रका सांसदको प्रशिक्षण सुरु


0
Shares

संसदमा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुवै पार्टीले संयुक्तरुपमा नयाँबानेश्वरस्थित संसद भवनमा प्रशिक्षण दिन लागेका हुन् ।

प्रशिक्षणका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बानेश्वरस्थित संसद भवन पुगेका छन् ।

प्रशिक्षणमा पूर्वसभामुखद्वय सुवासचन्द नेम्वाङ र ओनसरी घर्तीले संसदीय प्रक्रियाका विषयमा प्रशिक्षण दिने र दुवै अध्यक्षले सम्बोधनसहित प्रशिक्षण दिनेछन् ।

आइतबार संघीय सांसदको शपथ कार्यक्रम तोकिएको छ । प्रशिक्षणमा सहभागी हुन राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदलाई दुवै पार्टीले निर्देशन गरेको थियो । रासस