बाग्लुङका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित • Image Khabar Image Khabar


बाग्लुङका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित


Imagekhabar
१९ फाल्गुन २०७४, शनिबार २०:४३

बाग्लुङका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित

खेतीयोग्य जमिनमा खाद्यान्न उत्पादन कम हुन थालेपछि किसानहरु व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् ।

धान, मकै, कोदोजस्ता परम्परागत खाद्यान्न उत्पादनमा कमी आउन थालेपछि आफूहरुले केराखेती गर्न थालेको किसानहरु बताउँछन् ।

जिल्लाका कुस्मीसेरा, ग्वालीचौर, दमक, छिस्ती, अमलाचौर, खरबाङ तथा बाग्लुङ नगरपालिकामा २ हजार ७०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिँदै आएको छ ।

खेतीयोग्य जमिनमा उब्जनी कम हुन थालेपछि केराखेती गर्न थालेको भकुन्डेका किसान निलप्रसाद उपाध्यायले बताए ।

एकपटक लगाएपछि केराका बिरुवा उत्पादन हुने र ठाउँ पनि धेरै नचाहिने भएकाले किसानहरु केराखेतीतर्फ लागेका हुन् । केराखेतीबाट कतिपय किसानले वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

जिल्लामा वार्षिक ५६२ मेट्रिकटन केरा उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्