
काठमाडौं, फागुन २० । सर्वोच्च अदालतले कान्तिपुरविरुद्ध परेको मुद्दामा बयान लिन शुरु गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा तथा संवाददाता कृष्ण ज्ञवालीको बयान सुरु भएको हो ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकतालगायतका विषयमा कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर परेको अवहेलनाको मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेसन्सको टोली सर्वोच्च अदालतमा बिहान ११ बजे उपस्थित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्