२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रतिनिधि सभा र राष्ट्रिय सभाका ज्येष्ठ सदस्यले लिए सपथ


0
Shares

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ गराएका हुन् ।

प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको हैसियतमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र राष्ट्रिय सभाको जेष्ठ सदस्यको रुपमा नेपाली कांग्रेसकी तारादेवी भट्टले शपथ लिएका हुन् ।

ठाकुर ७५ बर्षका छन् भने भट्ट ६९ बर्षकी छन् । ठाकुरले मैथिली र भट्टले नेपाली भाषामा शपथ लिए ।

नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपा नेपालका सांसद महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ ।