पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण फलदायी हुने विश्वास • Image Khabar Image Khabar


पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण फलदायी हुने विश्वास


Imagekhabar
२० फाल्गुन २०७४, आईतवार १५:५९

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण फलदायी हुने विश्वास

राजधानीमा आइतबार भएको साक्षात्कारमा उनीहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्न पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण फलदायी हुने बताए ।

कार्यक्रममा नेपाल–भारत प्रबुद्व समूहका सदस्य डा. राजन भट्टराईले पाकिस्तानी प्रधानमन्त्रीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई भेटेरै बधाई दिन चाहेको बताए । यो भ्रमणले नेपाल–पाकिस्तान सम्बन्धले थप उचाई लिने उनको भनाइ थियो ।

परराष्ट्रविद् डा. सुरेशचन्द्र चालिसेले सार्कका अन्य देशजस्तै पाकिस्तानसँग पनि नेपालको सुमधुर सम्बन्ध रहेकाले भ्रमणलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई कुनै पनि छिमेकीले अन्यथा लिन नहुने उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले आगामी सार्क शिखर सम्मेलनका लागि पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक हुने दावी गरे ।

दुई दिने भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबार नेपाल आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्