Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


कांग्रेस संसदीय दलमा देउवा र सिंहको उम्मेदवारी


0
Shares

पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी दर्ता भएको हो ।

देउवाको समर्थकमा विजयकुमार गच्छदार रहेका छन् भने समर्थकमा मानबहादुर विश्वकर्मा छन् । यस्तै, सिंहको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जय गौतम छन् ।

उम्मेदवारी दर्ताका लागि आइतबार साँझ ६ बजेदेखि ७ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

उम्मेदवारी फिर्ताका लागि सोमबार बिहान साढे ८ बजेसम्मको समय तोकिएको छ भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दलको नेता चयनका लागि मतदान हुनेछ ।