
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिकमञ्च टुँडिखेलको अतिविशिष्टकक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा सम्मानगारद प्रदान गरिएको हो ।
सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मानगारद निरीक्षण गरेका थिए । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।
समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए ।
प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच सोमबारै औपचारिकरुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल भएको छ ।
छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्