२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्याक्टर कालीगन्डकीमा खस्दा दुईजनाको मृत्यु


0
Shares

गलेश्वरदेखि बेनी आउँदै गरेको ग१त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणाधीन बसपार्कनजिकैबाट कालीगन्डकी नदीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रघुगंगा गाउँपालिका–३ का राम विक र ट्याक्टरमा रहेका बेनी नगरपालिका–९ गलेश्वरका गणेश कार्कीको उपचारकाक्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । रासस