२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


‘मनसुन देशभर फैलियो, आगामी तीन दिन धेरै स्थानमा वर्षा हुनसक्ने’


0
Shares

काठमाडौं, असार १३ । मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन बुधबारदेखि देशभर फैलिएको जनाएको छ ।

यसको प्रभावले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा वर्षा हुनसक्ने पनि महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको बलियो प्रभावले मनसुन फैलिन समय लागेको मौसमविद्हरु बताउँछन् ।

मनसुन भित्रिएदेखि अहिलेसम्म १९१ मिलिमिटर वर्षा भएको जनाइएको छ ।

यो वर्ष मनसुन छिटो भित्रिएपनि पश्चिमी भेगसम्म पुग्न सकेको थिएन ।