
काठमाडौं, मंसिर १४ । युरोपा लिग फुटबलमा गएराति इंग्लिस क्लबहरु आर्सनल र चेल्सीले सहज जित हात पारेका छन् ।
चेल्सीले ग्रिसको पाओक थेसालोनिकीलाई ४–० ले हराउँदा आर्सनलले युक्रेनको भोर्साल्कालाई ३–० ले पाखा लगायो । चेल्सी र आर्सनल दुबै टोली यसअघि नै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरिसकेका छन् ।
यी दुई टोली आ–आफ्नो समूहको विजेतासमेत बनेका छन् ।
युरोपा लिग फुटबलमा गएरातिका खेलपछि थप ६ वटा टोली अर्को चरणमा उक्लिएका छन् । प्रतियोगिताको शीर्ष ३२ चरणमा प्रवेश गर्ने टोलीहरुमा जर्मनीको साल्जबर्ग, रुसको जेनिथ, युक्रेनको डाईनामो किभ, स्पेनको रियाल बेटिस, टर्कीको फेनरबाचे र पोर्चुगलको स्पोर्टिङ लिस्बन हुन् ।
प्रतिक्रिया दिनुहोस्