संघीय संसदको बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल • Image Khabar Image Khabar


संघीय संसदको बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल


Imagekhabar
२२ फाल्गुन २०७४, मंगलवार ११:२९

संघीय संसदको बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं, फागुन २२ । संघीय संसद्को बैठक आज पनि बस्दै छ । अहिले केही समयपछि बस्ने संघीय संसद्को बैठकमा विभिन्न कार्यसूचीहरुमा छलफल हुने छ ।

प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र सभामुख चयनको मितिसमेत तय गर्ने भएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी आजको बैठकले नियमावली मस्यौदा समितिसमेत गठन गर्ने बताइएको छ ।

यसैगरी राष्ट्रिय सभाको बैठकले अध्यक्षको निर्वाचन मिति तय गर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्