
पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई अर्थमन्त्री डा.युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरे ।
स्वदेश फर्कनुअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे ।
राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर अब्बासीले भेटवार्ता गरेका हुन् ।
उनीहरुबीच दुई मुलुकबीचको सम्बन्ध र सहयोग विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्