स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस् : देउवा • Image Khabar Image Khabar


स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस् : देउवा


Imagekhabar
२२ फाल्गुन २०७४, मंगलवार १४:३२

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस् : देउवा

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारकारुपमा रहेको तीनओटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै ‘संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही–कसैबाट नहोस्’–भने ।

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम कोही–कसैबाट नहोस् भन्दै उनले सबै निकाय संविधानले तोकेअनुसारको दायित्व पूरा गर्न सफल हुने अपेक्षा गरे ।

पूर्वप्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासको आधार तयार भएकाले जलस्रोत र भौतिक पूर्वाधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

‘पर्यटन तथा जलस्रोतको विकासका लागि एकीकृत प्रयास तथा सहकार्य जरुरी छ, लगानीमैत्री वातावरण बनाउनसके वैदेशिक लगानीसमेत बढ्नसक्छ’–उनले भने ।

कांग्रेसका सभापति देउवाले नेपालको परिवर्तन कांग्रेसको नेतृत्वमा नै भएको हो भन्दै संविधान कार्यान्वयनसमेत कांग्रेसको नेतृत्वमा नै भइ नेपालको राजनीतिक प्रक्रिया अगाडि बढेकामा सन्तोष व्यक्त गरे ।

कांग्रेसले विपक्षी पार्टीको भूमिका संसदमा सकारात्मक तवरले खेल्ने स्पस्ट पार्दै उनले सरकारलाई आफ्नातर्फबाट पूरापूर सहयोग हुने विश्वास दिलाए ।

संविधानको कार्यान्वयनमा सकारात्मक सहयोग उपलब्ध गराइने बताउँदै नेता देउवाले आर्थिक समृद्धिको दिशामा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्