१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वनको आगो गाउँमा पस्दा ६ घर खरानी


0
Shares

जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि ६ घर जलेर नस्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिलेपनि आगोलागी भइरहेको छ । नगरपालिकाको दमकल जाने सडक नभएकाले आगो नियन्त्रणमा अप्ठ्यारो भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी नायब निरीक्षक कुलबहादुर खत्रीले बताए ।

मंगलबार दिउँसो २ बजेतिर वनमा लागेको डढेलो हावाहुरीका कारण गाउँमा पसेपछि स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना, गुरुप्रसाद लुइँटेल र लोकनाथ न्यौपानेको घर जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

जलेकामध्ये तीनओटा घरमा मान्छे बस्ने गरेका थिए भने बाँकी तीन घरमा मान्छे नबस्ने गरेको प्रहरीले जनाएको छ ।

आगोलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । क्षतिको पूर्ण विवरण आएको छैन ।

आगो नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

घटनास्थलमा जिल्लाबाट टोली पठाइएपनि अहिलेसम्म नपुगेको स्थानीयले बताएका छन् ।