
राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट विश्वका १९ करोड ५० लाख महिला प्रभावित भएका कारण यो वर्ष मिर्गौला र महिलाको स्वास्थ्य भन्ने नारा तय गरिएको जानकारी दिइयो ।
यस्तै, मंगलबारदेखि ‘मिर्गौला बचाऔं’ अभियानसमेत सुरु गरिएको छ ।
पाँचजना चिकित्सकको टोलीले सुरु गरेको यो अभियानमा सहभागिता जनाउनेले ५०० रुपैयाँ सहयोग गर्नुपर्ने वरिष्ठ मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए ।
यस्तै, डा. काफ्लेले मिर्गौला रोग पुरुषमाभन्दा महिलामा बढी देखिएको र गर्भवती अवस्थामा मिर्गौला रोगको समस्या देखियो भने त्यसले शिशुमासमेत नकारात्मक असर देखिने बताए ।
डा. काफ्लेले शारीरिक व्यायाम, स्वस्थ जीवनशैली, मादकपदार्थ सेवन नगरे तथा पर्याप्त मात्रमा पानी पिउने हो भने यो समस्याबाट बच्नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्