
गौशाला नगरपालिका–१२ स्थित उखुबारीमा स्थानीयवासी ५५ वर्षीय रामदेव महतोको शव कुहिएको अवस्थामा भेटिएको हो ।
उखु काट्नेक्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महतो गत माघ २ गतेदेखि बेपता रहेको स्थानीय शिक्षक महावीर महतोले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्