२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेता नेपालको जन्मदिन, प्रधानमन्त्री ओलीले दिए बुके, खुवाए केक


0
Shares

मंगलबार नेता नेपालको ६५औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके दिएर उनको दीर्घायुको कामना गरेका हुन् ।

यस्तै, प्रधानमन्त्री ओलीले नेता नेपाललाई ‘वर्थ डे केक’ खुवाएका थिए ।

नेता नेपालले पनि प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिँदै आफ्नो जन्मदिनको केक खुवाए ।

बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गरेका थिए ।

नेता नेपालले आफूलाई जन्मदिनको शुभकामना दिने प्रधानमन्त्रीलगायत सम्पूर्ण नेता-कार्यकर्ता तथा शुभेच्छुकहरुलाई धन्यवाद दिएका थिए ।
तस्वीरः प्रधानमन्त्री ओलीको निजी सचिवालय ।