
नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।
सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचन कार्यक्रमअनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उक्त निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची मंगलबार सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता ढकालकाअनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीनजना र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)को नाम भने मतदाता नामावलीमा समावेश छैन ।
उक्त निर्वाचनका लागि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ ।
संघीय नेपालको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनमा हालसम्म कुनै राजनीतिक दलले औपचारिकरुपमा उम्मेदवारको घोषणा गरिसकेका छैनन् ।
गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा. रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् भने दोस्रो राष्ट्रपतिकारुपमा विद्यादेवी भण्डारी हाल कार्यरत् छिन् । रासस
प्रतिक्रिया दिनुहोस्