Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


डा. केसीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश


0
Shares

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार अवहेलना मुद्दामा डा. केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ–‘तपाइँले प्रयोग गरेका शब्दले अदालतको अवहेलना हुने खालको छ कि छैन, तीन दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनोस् ।’

डा. केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शब्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गरेका थिए । रासस