नेपाली सेनाद्वारा राईनासकोट गढीको मर्मत • Image Khabar Image Khabar


नेपाली सेनाद्वारा राईनासकोट गढीको मर्मत


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार ०८:३७

नेपाली सेनाद्वारा राईनासकोट गढीको मर्मत

लमजुङ, फागुन २३ । नेपाली सेनाले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ ।

जीर्ण अवस्थामा रहेको सो गढीको मर्मत लमजुङस्थित श्रीजंग गणका सेनाले गरेक हुन् ।

राईनासकोट गढीमा भत्किएको पर्खालको मर्मत तथा सरसफाई गरिएको श्रीजङ गणका गणपती माधव थापाले जानकारी दिए ।

जीर्ण संरचना मर्मत गर्न ३० जनाको टोली खटाइएको थियो । मर्मतका लागि आवश्यक सामाग्री पनि श्रीजंग गणले नै जुटाएको थियो ।

केही दिनअघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले सो गढीको स्थलगत अवलोकन गरेका थिए ।

ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि प्रधानसेनापति क्षेत्रीले मर्मत गर्न श्रीजंग गणलाई निर्देशन दिएका थिए ।

गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राईनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ ।

प्रतिक्रिया दिनुहोस्