सिंहदरवार दक्षिण गेट नजिकै विद्युत पोलमा मोटरसाइकल ठोक्कियो, सेनाका हुद्दासमेत दुईजना घाइते • Image Khabar Image Khabar


सिंहदरवार दक्षिण गेट नजिकै विद्युत पोलमा मोटरसाइकल ठोक्कियो, सेनाका हुद्दासमेत दुईजना घाइते


Imagekhabar
२३ फाल्गुन २०७४, बुधबार १०:१८

सिंहदरवार दक्षिण गेट नजिकै विद्युत पोलमा मोटरसाइकल ठोक्कियो, सेनाका हुद्दासमेत दुईजना घाइते

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युतको पोलमा ठोकिंदा चालकसहित दुईजना घाईते भएका छन् ।

चालक अन्दाजी ३५ बर्षीय डिल्लीराम राना र पछाडी सवार राष्ट्रिय सुरक्षा परिषद सिंहदरवारमा कार्यरत नेपाली सेनाका हुद्दा नुवाकोट बिदुरका नवराज खतिवडा सो दुर्घटनामा घाइते भएका हुन् ।

दुवै घाईतेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये चालक रानाको अवस्था गम्भिर रहेको छ ।

गएराति सवा १२ बजे बा८२प ११३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्