
रुकुम, फागुन २३ । महिला हिंसा न्यूनीकरण र सम्पत्तिमा महिलाको पहुँच वृद्धि गर्न रुकुम पश्चिममा श्रीमान्÷श्रीमतीको नाममा संयुक्त जग्गाधनी पूर्जा बनाउने अभियान सुरु भएको छ ।
‘युनाईटेड मिसन टु नेपाल’ रुकुम क्लष्टरको आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्च रुकुमले आठसिकोटमा खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत यो अभियान थालिएको हो ।
रुकुम जिल्लामै पहिलो पटक आठविसकोट नगरपालिका–११ का लालविर कामी र विमला कामीले संयुक्त जग्गाधनी पूर्जा बनाएका छन् । अहिले उक्त वडाका ३५ घरपरिवारले संयुक्त जग्गाधनी पुर्जा बनाइसकेका छन् ।
संयुक्त रुपमा लालपूर्जा बनाउन अहिले महिला समूहमार्फत अभियान थालनी गरिएको छ । श्रीमान्सँगै आफ्नो नाममा पनि लालपूर्जा बनाएपछि यहाँका महिला खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्