
गोरखाबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा३ख ४६५८ नम्बरको माइक्रोबस बुधबार बिहान दुर्घटना हुँदा मनकामना बहिरा विद्यालय बीरेन्चोकमा कक्षा ५ मा पढ्ने श्रद्धा गौलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनकामना बहिरा विद्यालय अगाडी रहेको सडकमै माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त माइक्रोका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्