
विराटनगर, फागुन २३ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहसँगको सहकार्यमा विकास निर्माणको कामलाई तिव्रता दिने बताएका छन् ।
नेपाल नगरपालिका संघको प्रदेश नम्बर १ को प्रादेशिक भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले आवश्यक ऐन कानुन बनाएर विकासका काममा लाग्ने बताएका हुन् ।
उनले स्थानीय तहसँग समन्वय गरी जनतालाई दिने सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारको मुख्य एजेन्डा विकास र आर्थिक समृद्धि भएकाले सोही अनुसार विकास निमार्णका योजना बनाइने उनको भनाइ थियो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।
भेलामा प्रदेशका एक महानगर, दुई उपमहानगरसहित ४५ नगरपालिका मेयर र उपमेयर सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्